सोमबार, फागुन ५, २०८१

स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता सञ्चालन हुने

नेपालखोज २०७६ फागुन १२ गते १९:०५

मोरङ । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फिटनेश एशोसिएसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमलेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने तथा हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग पु¥याउने बताए ।

Advertisement

खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने भएको हो । यही फागुन २४ गते शुरु हुने सो खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी हुन भनिएको छ ।

प्रतिक्रिया