शुक्रबार, वैशाख ७, २०८१

नेपाली कार्टुनमा भारतीय चल्ला

नेपालखोज २०७६ फागुन १२ गते १९:०६

महोत्तरी । भन्सार छली भारतबाट चोरी निकासी गरी ल्याइएका रु पाँच लाख मूल्य बराबरका कुखुराका चल्ला आज प्रहरीले बरामद गरेको    छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकैबाट प्रहरीले ज १ च ७४८ नम्बरको सानो पिकअपमा १४ हजार चल्ला बरामद गरेको हो ।

सो पिकअपमा नेपाली कार्टुनभित्र भारतीय चल्ला फेला पारेका छन् । चल्ला रहेका सबै कार्टुनमा नेशनल पोल्ट्री फार्म भरतपुर २४ नेपाल लेखिएको छ भने ती चल्लाहरु भारतबाट तस्करी भई आएका प्रहरीले जनाएको छ । यसरी अहिले महोत्तरीका सीमा क्षेत्रमा चल्ला तस्करीका लागि तस्करले नयाँ तरिका अपनाएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तस्करहरुले नेपालबाट खाली कार्टुन भारत लैजाने गरेका र भारतबाट नेपाली कार्टुनमा चल्ला तस्करी गरी नेपाल पठाउने गरेको छ ।

प्रतिक्रिया