शुक्रबार, वैशाख १४, २०८१

यी समस्याबाट बच्न धेरै पानी पिउनुहोस ।

नेपालखोज २०७६ फागुन १३ गते ६:२६

मानव जिवनमा पानी निकै महत्वपूर्ण छ । मानिसको जिवनमा अरु खानेकुरा भन्दा पनि पानी महत्वपूर्ण छ । अर्थात,पानीविना बाँच्न असम्भव छ । त्यसैले पानी जीवन हो । विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनुपर्छ । पानीको कमी हुँदा किड्नीको समस्या, पिसाबको संक्रमण हुने गर्दछ । पानीको कमीले निम्न समस्याहरू देखा पर्दछ :

कब्जियत :
शरीरमा पर्याप्त पानी नभएमा कब्जियतको समस्या देखा पर्दछ ।

पेटको अल्सर :
शरीरमा पानीको कमी हुँदा पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर हुन जान्छ ।

प्राचन प्रणालीमा समस्या :
हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउन र पाचन प्रणालीलाई सफा बनाउन पानीको आवश्यकता पर्दछ । पानीको अभावमा पाचन प्रक्रिया असहज हुन्छ ।

डिहाइड्रेसन :
पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले अरू समस्या पनि उत्पन्न गराउँछ ।

मुटुको धडकन बढ्छ :
जब शरीरमा पानीको अभाव हुन्छ तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुने गर्दछ । पानीको कमीले मुटुको चाल असामान्य बनाउँछ ।

आँखा धमिलो हुन्छ :
शरीरमा पानीको अभाव भएमा कुनै पनि तन्तु तथा कोषले पानी पाउँदैनन् । त्यसकारण शरीरलाई आलस्य, कमजोर हुनुका साथै आँखा पनि धमिलो हुन्ने गर्दछ ।

प्रतिक्रिया