राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
नेपालखोज
२०७६ फागुन १३ गते ९:४९
तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजना र नेपाल पुलिस स्कूलको व्यवस्थापनमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोमबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुन सफल शुक्लागण्डकी नगरपालिका–२ स्थित हंशवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई शिल्ड प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित । प्रतियोगितामा हंशवाहिनीले ६ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया