बिहीबार, वैशाख १३, २०८१

आज तरकारीको मुल्यमा सामान्य घटबढ

नेपालखोज २०७६ फागुन १३ गते १०:०९

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार आज मंगलबार तरकारीको मुल्यमा सामान्य रुपमा घटबढ भएको छ ।

आज सबै भन्दा उच्च स्थानमा सेलरी र पार्सल प्रतिकिलो ४ सय ५०, लसुन सुकेको ३ सय ५०, लसुस सुकेको चाइनिज ५ सय ३० किनबेच भइरेहको छ ।

यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी ८० लसुन हरियो १५० हरियो धनिया प्रतिकिलो ९० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ४० रुपैयाँ, रातो आलु प्रतिकिलो ६० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ८० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया