शुक्रबार, वैशाख १४, २०८१

नागरिकता संशोधन कानूनलाई लिएर दिल्लीमा भिडन्त हुँदा पाँचजनाको मृत्यु

नेपालखोज २०७६ फागुन १३ गते १०:४६

एजेन्सी । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा पाँच जनाको मृत्यु भएको छ ।

समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल स्रोतलाई उद्धृत गर्दै गरेको छ । तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।

घटनामा घाइते भएका २४ जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको यमुना पार क्षेत्रमा भिडन्त भएको हो । दिल्ली सरकारका मन्त्री गोपाल राय बिग्रिएको अवस्थाबारे छलफल गर्न उपराज्यपालको निवास पुगेका छन् ।

दिल्लीमा सोमबार दिउँसो र बेलुका भिडन्त भएको हो । जाफराबादका मोहम्मद सुल्तान नाम गरेका प्रदर्शनकारीको गोडामा गोली लागेको थियो । तर रक्तश्राव अधिक भएका कारण उनको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया