रेडपाण्डाको छालासहित ४ जना पक्राउ
नेपालखोज
२०७६ फागुन १३ गते १४:०४
काठमाडौँ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला चोरी–शिकारीमा संलग्न रहेको आरोपमा काठमाडौंमा ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले कपन खरिबोट क्षेत्रबाट दुर्लभ रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका वर्षीय सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंको कपनकी कमला तामाङ रहेको महाशाखाले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया