शुक्रबार, चैत १६, २०८०

दक्षिण कोरियामा कामदार पठाउन बन्द

नेपालखोज २०७६ फागुन १३ गते १६:१८

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ । परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो । ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको कन्ट्र्याक आइसकेको छ । शाखाका अनुुसार फागुन १८ गते एक सय ६२ जनाको उडान तालिका राखिएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार नेपाली कोरियामा कार्यरत छन् ।

प्रतिक्रिया