बिहीबार, वैशाख १३, २०८१

दिल्लीमा हिंसामा मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालखोज २०७६ फागुन १३ गते १६:२८

काठमाडौँ । भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको विरोध र समर्थन गरिरहेका समूहबीच हिंसा हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । दुई समूहबीचको झडपमा अन्य ३५ जना घाइते भएका छन् । आज बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एक जना प्रहरी र तीन जना सर्वसाधरणको ज्यान गएको थियो ।

झडपले हिंसाको रुप लिएपछि दिल्ली मेट्रोले सुरक्षाको कारण देखाउँदै जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ ।

यस्तै, झडपले हिंसाको रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले उपराज्यपाल अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठक बोलाएका छन् । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहेका ट्रम्पले आज गान्धीको समाधीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन् ।

प्रतिक्रिया