बिहीबार, वैशाख १३, २०८१

लघुवित्तमा कार्यरत कर्मचारीबाटै अनियमितता

नेपालखोज २०७६ फागुन १३ गते १६:५७

मनाङ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् । उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिन् । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको आरोप छ ।

प्रतिक्रिया