फेवातालमा बेपत्ता लुइँटेलको शव फेला
नेपालखोज
२०७६ फागुन १३ गते १७:२३
कास्की । सोमबार डुङ्गा पल्टिँदा पोखराको फेवातालमा बेपत्ता भएका काठमाण्डौका रामशरण लुइँटेलको शव फेला परेको छ ।
लुइँटेलको शव प्रहरीको उद्धार टोलीले मंगलबार दिउँसो फेला पारेको हो । सोमबारदेखि हराइरहेका लुइँटेललाई खोजतलास गर्नको निम्ति प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोली खटिएको थियो ।
रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो।
पोखरा घुम्न आएका उनीहरूले आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए।
सम्बन्धित
प्रतिक्रिया