प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
नेपालखोज
२०७६ फागुन १३ गते १७:५६
काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ । गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दैै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूची रहे पनि गणपूरक सङ्ख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
सम्बन्धित
प्रतिक्रिया