बिहीबार, वैशाख १३, २०८१

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

नेपालखोज २०७६ फागुन १४ गते १३:३६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बधुबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।

उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने श्रेष्ठले बताए। उनी बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका    थिए ।

प्रतिक्रिया