बिहीबार, वैशाख १३, २०८१

नेकपाको संविधान संशोधन कार्यदल खारेज

नेपालखोज २०७६ फागुन १४ गते १३:४८

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधनका लागि बनाएको कार्यदल खारेज गरेको छ। गएको शनिबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको गृहकार्य गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो।

सो कार्यदल सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहित ३ सदस्यिय थियो । सो कार्यदलको अहिलेसम्म एक पटक बैठक बसेको थियो । नेता नेपालको कोटेश्वरस्थित निवासमा कार्यदलको अनौपचारिक बस्यो । जहाँ नेता नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने गरी बनाइएको कार्यदलमा आफूहरू नबस्ने बताएको स्रोतले बताएको छ । यसरी गोप्य ढंगले उक्त कार्यदलले काम गर्ने बताए पनि सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर अमुक व्यक्तिका लागि संविधान संशोधन गर्न लागेको भन्दै विरोध भएको थियो।

अहिले सोही कार्यदललाई नेकपाले खारेज गरेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदललाई निष्क्रिय बनाएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिए।

प्रतिक्रिया