शुक्रबार, वैशाख १४, २०८१

शिक्षा विकास संजालको म्याराथुनमा बागीश्वरीका बस्नेत प्रथम

नेपालखोज २०७६ फागुन १४ गते १६:१६

भक्तपुर । जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधी वागीश्वरी माध्यामिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् ।

मध्यपुरथिमिस्थित शिक्षा विकास संजालको पाँचौ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पुरा गरि नगद पुरस्कार रु. २० हजार सहित उपाधी हात पारेका हुन् ।

मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासिय माध्यमिक विद्यालयका नविन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेन्डरी स्कुलका सरोज तामाङ तेस्रो भएका छन् । दोश्रो हुने कार्कीले रु. १५ हजार र तेश्रो हुने तामाङले रु. १० हजार नगद पुरस्कार हात पारेका छन् ।

त्यस्तै वागेश्वरी माध्यमिक विद्यालयका लाल बहादुर थापा, भक्तपुर इंग्लिस स्कुलका आरुष यादव, आदर्श सेकेन्डरी स्कुलका ब्रियान गौतम, रेन्बो इंग्लिस स्कुलका सृजन कुमार राना, गणेश सेकेन्डरी स्कुलका समीर गोलेले जनही नगद रु. ३ हजार पुरस्कार सहित सान्त्वना स्थान हासिल गरेका छन् ।

कार्यक्रम मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गर्दै नगरपालिकाले नीीत तथा कार्यक्रम र बजेट पारित गर्दै खेलकुदको विकासमा टेवा पुर्याउदै आएको बताए । उनले विद्यालय तहदेखि नै खेलकुदको विकास गर्दै मध्यपुरथिमिलाई खेलकुदको हव बनाउने लष्य लिएको बताए । यसअघि ‘म्याराथुन फर एजुकेशन २०७६’ भन्ने मूलनाराका साथ शंखधरचोकबाट सुरु भई सल्लाघारी, निकोसेरा, बाहाखाबजार हुँदै सानोठिमी खेल मैदान गठ्ठाघरमा पुगेर समापन भएको थियो ।

नगर प्रमुख श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा ४९ विद्यालयका १९६ जना विद्यार्थीहरुको सहभागीता रहेको शिक्षा विकास सञ्जालका अध्यक्ष बिरेन्द्र जयनालो जानकारी दिए । कार्यक्रमका सभापति समेत रहनु भएका जयनाले भक्तपुरमा पहिलो पटक अन्तरविद्यालय म्याराथुन प्रतियोगिता संचालन गरेको र अब सञ्जालले हरेक वर्ष फागुन १२ गते यो प्रतियोगितालाई निरन्तरता दिने र अर्कोवर्षदेखिको प्रतियोगितामा छात्राको म्याराथुन प्रतियोगिता समेत गरिने घोषणा गरे ।

त्यसअवसरमा सञ्जालका सचिव सूर्यबहादुर भण्डारीले संजालको उद्देश्य र लक्ष्य र कार्यक्रमबारे जानकारी दिदै भक्तपुरलाई उत्कृष्ट शैक्षिक हव बनाउने लक्ष्यका साथ सञ्जाल अगाडि बढेको बताए ।

प्रतिक्रिया