सोमबार, फागुन ५, २०८१

महिनावारीको समयमा भुलेर पनि खानु हुदैन यी खाने कुराहरु

नेपालखोज २०७६ फागुन १५ गते ६:४०

महिनावारीका समयमा अधिकांस महिलाहरुको महिनावारीको गडबडी र महिनावारीको समयमा हुने अवस्थ्यता प्रमुख समस्या हो तर धेरै महिलाहरुलाई थाहा नहुन सक्छ। कि महिनावारीको अनियमितता ,दुखाई ,थकान,चिडचिडापन आदि हुनुमा हामीले खाने खानेकुराको पनि भूमिका हुन्छा त्यसैले महिनावारीको समयमा तपाईको शरीरलाई हानी यी खानेकुराबाट जोगिनुस र हरेक महिना झोल्दै आउनु भएको समस्याबाट केहि मात्रामा भएपनि पार पाउनुहोस। त्यसका लागि यी खानेकुराहरु महिनावारीको समयमा भुलेर पनि नखानुहोला ।

Advertisement

१) कफी महिनावारी नियमित नहुने समस्या छ भने कफी नपिउनु राम्रो हुन्छ। कफीले महिनावारीको नियमित चक्रमा प्रभाब पार्छ कफीमा पाईने क्याफिन यसको कारक तत्व हो ।

२) बोसो युक्त मासुहरु महिनावारीको समयमा पोल्ने चिडचीडापन महशुस हुने समस्या छ भने मासु खादै नखानु राम्रो हुन्छ। मासु खानै पर्ने अबस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ।

३) प्याकिंग गरिएको खानेकुरा महिनावारी भएको समयमा बजारमा पाईने प्याकिंग गरिएको खानेकुरा जस्तै केक,पाउरोटी,क्रीम रोल आदि नखादा स्वास्थ्यलाई फाईदा पुग्छ। यी खानेकुराको सट्टा फईबरको मात्र बढी भएको रोटि खाने गर्नु उतम हुन्छ ।

४)चिनीजन्य खानेकुरा महिनावारीको समयमा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ। चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ दुखाई बढ्नुका साथै,लामो समय पिडा दिन सक्ने हुन्छ।

५)आईसक्रीम चिज डेरी उत्पादन सबैलाई मन पर्छ मन पर्ने कुरा छोड्ने चाहाना कसलाई हुन्छ। चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ अत्यधिक मात्रामा चिनी पाईने खानेकुरा पाईदा नहुन सक्छन।

प्रतिक्रिया