शुक्रबार, माघ २५, २०८१

राष्ट्रपतिको स्वागतका लागि बैतडीमा आज सार्वजनिक विदा

नेपालखोज २०७६ फागुन १५ गते ७:२८

काठमाडौँ । राष्ट्रिपति विद्यादेवी भण्डारीको स्वागतका लागि आज विहिबार बैतडीमा सार्वजनिक विदा दिइएको छ ।

Advertisement

मन्दिरमा पूजा र भवन उद्घाटनको कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडी र दार्जुलाका दुई–दुई पालिकाले सार्वजनिक बिदा दिने निर्णण गरेका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् ।

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।

प्रतिक्रिया