बिहीबार, वैशाख १३, २०८१

शव ओसार्दा पनि ३१ लाख ५९ हजार भ्रष्टाचार !

नेपालखोज २०७६ फागुन १५ गते ८:०७

काठमाडौं । अख्तियारले शव ओसारेकोदेखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गर्ने डिएसपीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले हुम्लाका तत्कालीन डिएसपी त्रिलोकबहादुर चन्द, कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्रीविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरू ४ जना मिलेर सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, लास ओसारेको भनी नक्कली विल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोजदेखि २०७३ असारसम्म ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ । यो खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया