बिहीबार, वैशाख १३, २०८१

ललित अन्तरराष्ट्रिय व्यापार मेला चैत २६ देखि

नेपालखोज २०७६ फागुन १५ गते १४:०३

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घ र इन्ट्रडक्सन टे«ड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आगामी चैत २६ देखि ३० गतेसम्म हुने भएको छ । ललितपुरको स्थानीय उत्पादनलाई विश्वका विभिन्न मुलुकबीच प्रचारप्रसार गर्न पुल्चोकस्थित मदन स्मारक विद्यालयको प्राङ्गणमा मेला हुनेछ ।

सङ्घमा आबद्ध व्यवसायीको उद्यमशीलता विकास, व्यवसाय गर्ने क्रममा भोग्नु परिरहेको अवरोध हटाउन र नीतिगत समस्या पैरवी गर्न तथा ललितपुरमा उत्पादित सामग्रीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बजार विस्तार एवं व्यवसायीको ‘एक्सपोजर’ क्षमता बढाउन मेलाले सहयोग गर्ने सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

नेपालका ८० तथा भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलगायत देशका ४० कक्ष रहने मेलामा नेपालमा उत्पादित ७० र विदेशी मुलुकमा उत्पादित ३० प्रतिशत सामग्री रहनेछन् । नेपालमा उत्पादित हस्तकलाका विभिन्न सामग्री, सांस्कृतिक झाँकी, व्यवसायीबीच आपसी अध्ययन तथा ज्ञानसीपको आदानप्रदानबाट पर्यटन र व्यवसायको विकासमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष महर्जनले बताए ।

प्रतिक्रिया