बिहीबार, वैशाख ६, २०८१

बन्ने संकेत देखिएन पुरानो बसपार्कमा भ्यू टावर (भिडियो सहित)

नेपालखोज २०७६ फागुन १५ गते १४:३५

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कका निर्माण गर्ने भनिएको काठमाडौ भ्यूटावर बन्ने सम्भावना निकै न्यून हुँदै गएको छ । पटक पटक विवादमा आईरहेन सो भ्यूटावरको ठेक्का पाएको जलेश्वर स्वच्छन्दता विकोई विल्डर्सले काममा निकै ढिलाई गरेका कारण पच्चीस तल्ले टावर नबन्ने संकेत देखिएको हो ।

पाँच वर्षभित्र बनाईसक्ने भनिएको सो टावर निर्माण शुरु गरेको करीव ४ वर्ष वितिसकेको छ । यो अवधिसम्म भ्यूटावरको काम ८० प्रतिशत पूरा भईसक्नु पर्ने थियो । तर अहिलेसम्म पनि जगकै काममात्र गरेको देखिन्छ ।
महानगरपालिकाले कडाईका साथ ठेकेदारलाई काममा लगाउन नसक्दा भ्यू टावर अलपत्र परेको छ ।

प्रतिक्रिया