शुक्रबार, वैशाख ७, २०८१

विभिन्न धनमाल चोरी

नेपालखोज २०७६ फागुन १५ गते १६:२८

काठमाण्डौ । तारकेश्वर नगरपालिका-८ बालाजु शान्तिटोल डेरा गरी बस्ने धादिङ त्रिपुरेश्वर गाउँपालिका-६ घर भएकी ईश्वरी रेग्मीको कोठाबाट नगद तथा सुनको तिलहरी १ थान समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने सुनसरी दुवही(६ घर भएको ३६ वर्षीय संहय शाहीको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१७ ढल्कु डेरा गरी बस्ने ईन्द्र नारायणको कोठाबाट ६७ हजार रुपैयाँ र सोही स्थानमा रहेको स्वस्तिक अटो ईन्टरनेशनल अफिसबाट नगद १ लाख रुपैयाँ बुधबार राति चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-४ विशालनगर बस्ने ललिता बस्नेतको घरबाट नगद, सुनका विभिन्न गरगहना र मोवाइल २ थान समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया