शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतिले प्रमाणीकरण गरिन् यस्ता ६ वटा विधेयक

नेपालखोज २०७६ फागुन १५ गते १७:०७

काठमाडौँ । संसद्को दुवै सदनबाट पारित भएका छ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सो जानकारी गराए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएकाले उक्त राजिनामा स्वीकृत गरी सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको जानकारी राष्ट्रपति कार्यालयको पत्र उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले सुनाए ।

यसैगरी आजको बैठकमा सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्था सम्बन्धमा कर्णाली प्रदेशको स्थलगत अध्ययन भ्रमण तथा अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन, २०७६’ पेश गरेका थिए। सभाको अर्को बैठक फागुन २० गते मङ्गलबार दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया