पेट्रोलियम पदार्थमा विकास कर १० रुपैयाँ डिजेल पेट्रोलमा पाँच रुपैयाँले बृद्धि
नेपालखोज
२०७६ फागुन १५ गते १७:२८
काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा विकास कर थपेर १० रुपैयाँ पु¥याउने निर्णय गरेसँगै डिजेल र पेट्रोलको मुल्य प्रति लिटर पाँच रुपैयाँ बढाएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार मन्त्रीको समेत कार्यभार सम्हालिरहेको अर्थ मन्त्री युवराज खतिवडाले मूल्य बृद्धिका बारे जानकारी दिएका हुन् ।
फागुन १२ गते बसेको मन्त्रीपरिषद्को वैठकले पेट्रोलियम पदार्थमा १० रुपैयाँ प्रतिलिटर विकास कर लगाउने निर्णय गरेको थियो । यस अघ पाँच रुपैयाँ विकास कर असुल्दै आईरहेको थियो । विकास कर १० रुपैयाँ बनाएसँगै सरकारलाई पूर्ण व्यापारीको संज्ञा दिन थालिएको छ ।
सम्बन्धित
प्रतिक्रिया