शुक्रबार, चैत १६, २०८०

सिरियामा हवाई आक्रमण, टर्कीका २९ सेनाको ज्यान गयो

नेपालखोज २०७६ फागुन १६ गते ७:२३

एजेन्सी । सिरियाले गरेको हवाई आक्रमणमा टर्कीका २९ जना सेना मारिएका छन् ।

सिरियाको उत्तर–पश्चिम इलाका बिहीबार साँझ इड्लिबमा भएको आक्रमणमा २९ सैनिक मारिएको र थुप्रै सैनिकहरु घाइते भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर दिएका छन् ।

मृत्यु हुनेहरूको सङ्ख्या धेरै हुन सक्ने बताइएको छ। सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त फिर्ता लिन प्रयास गरेका थिए। त्यस सहरमा विद्रोहीहरूलाई समर्थन गर्दै टर्कीले सैन्य पोस्ट स्थापना गरेको थियो ।

सिरियाली सेना बिद्रोहीको कब्जामा रहेको इड्लिबतर्फ बढे क्रम टर्कीले सिरियामा आक्रमण गर्ने चेतावनी दिएको छ। रुसको समर्थनमा सिरियाले बिद्रोहीको कब्जामा रहेको सहर फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया