शुक्रबार, वैशाख १४, २०८१

अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई

नेपालखोज २०७६ फागुन १६ गते ९:१८

चिप्लेढुंगा । यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ ।
लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु २० हजारसहित सम्मानपत्र रहेको छ ।

मियाँको १०२औँ जन्मजयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गायिका भण्डारीलाई पुरस्कार अर्पण गर्दै लोककवि मियाँको व्यक्तित्वमाथि चर्चा गरेँ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनफि मियाँ, सचिव पद्मराज ढकाल साहित्यकार डा बाबुराम अधिकारी, दुर्गाबहादुर शाह, अम्बिका भट्टराई, कृष्णप्रसाद बाँस्तोला, तारा बराल, रवीन्द्र माकाजु, फणिन्द्र अकिञ्चन, आरजु विष्ट सल्यानीलगायतले पुरस्कृत भण्डारी र लोककवि मियाँको बहुआयामिक पक्षमाथि चर्चा गर्नुभएको थियो ।

पुरस्कृत भण्डारीले आफ्नो भोगाइ, सिकाइ र सङ्घर्ष खुला विश्वविद्यालय भएको बताए ।

प्रतिक्रिया