मंगलबार, वैशाख ११, २०८१

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो प¥यो : मुख्यमन्त्री पौडेल

नेपालखोज २०७६ फागुन १६ गते ९:३२

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताए ।

मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने उल्लेख गर्दै देशका प्रायः सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको बताए ।

उनले भने “लोकसेवा आयोगको गरिमा र विश्वसनीयतालाई प्रदेश लोकसेवा आयोगले बचाएर काम गर्नुपर्छ ।”

वाग्मती प्रदेश प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले कर्मचारी छनोट गर्दा प्रविधिको वर्तमान युगअनुसार चल्न सक्ने खालका छनोट गरिनुपर्ने बताए ।

प्रतिक्रिया