शुक्रबार, चैत १६, २०८०

बास्कोटा ७० करोड घुस काण्डः अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध गोकुल बास्कोटाको मुद्दा

नेपालखोज २०७६ फागुन १६ गते १५:३९

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको विषयमा ७० करोड रुपैयाँ घुस डिल गरेको अडियो सार्वजानिक भए पश्चात मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बास्कोटाले गाली बेइज्जतीमा मुद्दा दायर गरेका छन्।

बास्कोटाले ७० करोड रुपैयाँ डिल गरेको अडियो विजय मिश्रले सार्वजनिक गरेका थिए । उक्त अडियो सार्वजानिक गर्ने मिश्र विरुद्ध उनले गाली बेइज्जतीमा मुद्दा दायर गरेका हुन्।

सुरुमा बास्कोटाले अडियो रेकर्ड आफ्नै भएको स्वीकार पनि गरेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बास्कोटाको अडियोमा बोली नभएको दावी गर्दै नक्कली भएको बताएका छन् ।

फेसबुक मार्फत सबैलाई जानकारी दिदै उनले लेखेका छन् – ‘ म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

 

प्रतिक्रिया