शुक्रबार, माघ २५, २०८१

चीनबाट ल्याइएकाहरुको आज पुनः स्वास्थ्य परिक्षण हुँदै, कोरोना नभेटिए घर पठाइने

नेपालखोज २०७६ फागुन १७ गते ८:२४

काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट जोगाउन चीनबाट १३ दिनअघि नेपाल ल्याइएकाहरुको आजदेखि पुनः स्वास्थ्य परीक्षण हुने भएको छ । पुनः परीक्षणबाट संक्रमण नभेटिएकाहरुलाई घर पठाइने छ ।

Advertisement

यही फागुन ४ गते चीनबाट ल्याइएकाहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । साथै वुहानमा रहेको नेपालीलाई लिन गएको २५ जनाको टोली सदस्यहरुलाई पनि क्वारेन्टाइनमै राखिएको छ । उनीहरुको पनि पुनः स्वास्थ्य परीक्षण हुँदैछ ।

यसअघि पनि उनीहरुको घाँटी र नाकभित्रको स्वाबको परीक्षण गरिएको थियो । उनीहरुलाई घर पठाउनुअघि स्वास्थ्य मन्त्रालयले आज र भोली फेरि घाँटी र नाकभित्रको स्वाब परीक्षण गर्न लागेको हो ।

परीक्षणपछि संक्रमण भेटिएकाहरुलाई भने थप उपचारका लागि अस्पताल ‘रिफर’ गरिने छ । क्वारेन्टाइनमा रहेकाहरुलाई हालसम्म परिसरभन्दा बाहिर पनि जान र परिवार भेट्नसमेत दिइएको छैन ।

नेपालमा हालसम्ममा एकजनामा मात्र कोरोनाभाइरसको संक्रमण भेटिएको छ । तर विश्व स्वास्थ्य संगठनले भने नेपाललाई कोराना भाइरस संक्रमणको उच्च जोखिमको सुचिमा सुचिकृत गरेको छ ।

प्रतिक्रिया