कलंकी–कोटेश्वर सडकमा थप ६ आकाशे पुल बनाउँने सरकारको तयारी
नेपालखोज
२०७६ फागुन १७ गते १०:४८
काठमाडौँ । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।
कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।
सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको हो ।
यो योजना अनुसार एउटा आकाशे पुल निर्माणका लागि साढे २ करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।
सरकारले कलंकी–कोटेश्र सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा आकाशे पुल निमार्ण गर्ने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया