कर वृद्धिको निर्णय फिर्ता लिन नेविसंघको माग
नेपालखोज
२०७६ फागुन १७ गते ११:१८
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । इन्धनमा कर लगाइँदा अप्रत्यक्ष रूपमा मूल्यवृद्धि हुने र नागरिक मारमा पर्ने भन्दै संघले यस्तो माग गरेको हो ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शुक्रबार एक विज्ञप्ति निकालेर ४ बुँदे माग राख्दै सरकारले ती माग पूरा नगरे आन्दोलनमा जान बाध्य हुने बताउनु भएको छ ।
नेविसंघले आयातित पाठ्यपुस्तकमा कर नलगाउन, ललितानिवास जग्गा प्रकरण र प्रिन्टिङ प्रेस काण्डमा मुछिएका मन्त्री बाँस्कोटाबारे छानबिन गरि दोषि ठहरिए कडा कारबाही गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न माग गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया