शुक्रबार, वैशाख १४, २०८१

रौतहटमा धारिलो हतियार प्रहार गरी छिमेकीवको हत्या

नेपालखोज २०७६ फागुन १७ गते ११:२८

रौतहट । रौतहटमा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार राति कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरमाथि धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले हतियार प्रहार गर्ने आलमलाई नियन्त्रण लिएको जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलमाथि लागेपछि घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया