कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु, विश्वभर ७९ बढी संक्रमित !
नेपालखोज
२०७६ फागुन १७ गते १२:३९
एजेन्सी । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इरानमा मात्रै २१० जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुनेमा अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् । विश्वभर ७८ हजार ९ सय ६१ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ ।
इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृत्यु भएको बताइरहेको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृत्यु हुनेको संख्याका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् ।
यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको र गलत सूचना बाहिर ल्याएको बताएका थिए । शुक्रबार विश्व स्वास्थ्य संगठनले पनि इरानमा बाहिर आएभन्दा भयावह स्थिती भएको बताएको थियो ।
सम्बन्धित
प्रतिक्रिया