मंगलबार, वैशाख ४, २०८१

खाडी मुलुकमा कोरोनाको बढ्दो संक्रमण, नेपालीलाई सतर्क रहन

नेपालखोज २०७६ फागुन १८ गते ७:२९

काठमाडौं । नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थ्ति नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोभिड–१९ बाट संक्रमित भएको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन्।

इरानबाट आएका यात्रुबाट कोभिड–१९ संक्रमण भएपछि ती देशले इरानबाट सबै उडान बन्दल गरेका छन्।

स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताए । याे समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया