आज पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना
नेपालखोज
२०७६ फागुन १८ गते ७:५०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आइतबार आज अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिउँ पर्ने सम्भावना छ ।
तर पश्चिमी भेगका पहाड तथा तराई सबै स्थानमा आज वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन् ।
यस्तै काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मौसम बदली भई फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर यो सम्भावना एकदम कम रहेको र वर्षा भए पनि सबैतिर नभएर कतै कतै हुन सक्ने महाशाखाको अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया