बिहीबार, वैशाख १३, २०८१

बालकुमारीस्थित व्यावसायिक भवनमा आगलागी

नेपालखोज २०७६ फागुन १८ गते १०:५७

ललितपुर । ललितपुरको बालकुमारीमा आइतबार आज बिहान आगलागी भएको छ । मुख्य सडकमै रहेको व्यावसायिक भवनमा पौने नौ बजेतिर आगलागी भएको थियो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट भवनको दुई वटा तलामा क्षति भएको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया