मिर्गौला प्रत्यारोपणकालागि भोलि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने
नेपालखोज
२०७६ फागुन १८ गते १३:४०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष ओलीले यस बारे जानकारी दिएका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै गरिने उनले बताए। उनी भोलि (सोमबार) नै अपस्पताल भर्ना हुनेछन् ।
यो प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । उनको भारतको अपोलो अस्पतालमा २०६३ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया