सोमबार, माघ २८, २०८१

कोरोना भाइरस अष्ट्रेलियामा पुग्यो , नेपालीहरु त्रसित !

नेपालखोज २०७६ फागुन १८ गते १४:५३

काठमाडौँ । कोरोना भाइरस अर्थात (कोभिड–१९) भाइरसको संक्रमण अष्ट्रेलियामा पनि देखिएको छ । त्यहाँ कोरोना भाइरसका कारण एक जनाको मृत्यु भैसकेको छ ।
पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय वृद्धको आइतबार मृत्यु भएको पुष्टि भैसकेको छ । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

Advertisement

अधिकारीहरुका अनुसार उनकी श्रीमतीमा पनि यस भाइरसको संक्रमण देखिएको छ । उनी हाल अस्पतालमा उपचारत छिन् । अष्ट्रेलियामा कोरोना फैलिएसँगै त्यहाँ रहेका नेपालीहरुमा समेत त्रास छाएको छ । अष्ट्रेलियामा नेपालीहरुको संख्या उल्लेख्य छ । यसरी भन्दा नेपाली विद्यार्थीहरुको मुख्य रोजाई नै अष्ट्रेलिया हो ।

चीनबाट फैलिएको यस भाइरसका कारण संसारभर हालसम्म २ हजार ९ सय ७९ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या बढ्दैछ । हालसम्म यो भाइरसले चीन सहित १२ देश प्रत्यक्ष प्रभाव पारेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु समेत भैसकेको छ ।

प्रतिक्रिया