शुक्रबार, वैशाख ७, २०८१

एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेटमा नेपाल हङकङसँग पराजित

नेपालखोज २०७६ फागुन १८ गते १८:३९

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून हुँदै गएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग २२ रनले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १५५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा नेपाल १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । शुरुआती ब्याट्सम्यान कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४।४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो शुरुआत दिलाए पनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपाल हार बेहोर्न बाध्य बन्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिनुभयो भने कुशल १९ रनमा आउट हुनुभयो । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाउनुभयो । करण केसीले ७, विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५÷५ रन जोड्दा पारस खड्का ४ रनमा पेभेलियन फर्किए। पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट भए।

प्रतिक्रिया