बिहीबार, वैशाख १३, २०८१

२०० मा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर !

नेपालखोज २०७६ फागुन १९ गते ६:४८

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो। दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ।

एउटा ल्यापटपको दुई सयका दरले २२ थान ल्यापटप कम्प्युटर मात्र ४ हजार ४ सय रुपैयाँमा समितिले बिक्री गरेको छ। एउटा ग्यास सिलिन्डरको ३३ रुपैयाँ ३३ पैसाका दरले तीन थान ग्यास सिलिन्डर मात्र एक सय रुपैयँमा बिक्री गरेको प्रमाण फेला परेको छ।

जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिले पारित गरेको ७४ प्रकारको जिन्सी मालसामानको दररेट अनुसार २ थान जेनेरेटर १ हजार ५ सय रुपैयाँ, ४ थान टि.भिको ४ हजार रुपैयाँ, ५ थान डेक्सटप कम्प्युटरको २ हजार २ सय रुपैयाँ, ३ थान कम्प्युटर टेबलको २ सय रुपैयाँ, २ थान फोटोकपी मेशिनको १ हजार रुपैयाँ, १ थान फ्रिजको ५० रुपैयाँ, ४ थान रिभल्वीङ कुर्सीको १ सय, २२ थान ल्यापटपको ४ हजार ४ सय, ३ थान ग्यास शिलिन्डरको १ सय रुपैयाँ लगायतको दरले ७४ प्रकारका सामानको ७७ हजार ५ सय ८० रुपैयाँ १५ पैसा मूल्याङ्कन रकम स्वीकृत गरेर सामान लिलामी गरेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया