चार्जिङ स्टेसनको ग्लोबल टेन्डरमा कोरोनाको प्रभाव
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आह्वान गरेको चार्जिङ स्टेसन निर्माणको ग्लोबल टेन्डरमा कोरोनाको प्रभाव देखिएको छ । ५० वटा चार्जिङ स्टेसन निर्माणका लागि प्राधिकरणले आह्वान गरेको टेन्डरको समयावधि करिब एक महिना थप गरिएको छ ।
देशव्यापी रूपमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्न गत ११ माघमा ४५ दिनभित्र आवेदन दिनुपर्ने गरी ग्लोबल टेन्टर आह्वान गरेको थियो । प्राधिकरणले तोकेको समयसीमा सकिन लाग्दा समेत टेन्डर नआएपछि समय थप गरेर १४ चैत (२७ मार्च)सम्म पु¥याइएको हो ।
विश्वव्यापी रूपमा कोरोना भाइरसका कारण अन्तर्रा्ष्ट्रिय गतिविधि सिर्जना नभएको कारण टेन्डर प्रक्रियामा असर परेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले भने, ‘कोरोना भाइरसका कारण विश्वव्यापी रूपमै मुमेन्ट कम भएको छ, जसका कारण चार्जिङ स्टेसन निमार्णका लागि आह्वान गरेको समय सकिन लाग्दा पनि कुनै कम्पनीले बोलपत्र पेस गरेका छैनन् ।’
अर्कोतर्फ हामीले नेपालका लागि छुट्टै विशिष्टताका आधारमा सामानको डिजाइन गर्नुपर्ने सर्त राखेका कारण त्यसका लागि बढी समय चाहिएको भन्दै कम्पनीले नै समय थप गर्न अनुरोध गरेकाले समयावधि लब्बिएको हो ।
प्रतिक्रिया