सोमबार, माघ २८, २०८१

१९ सांसदको कार्यकाल आज सकिँदै, नयाँ सदस्यको सपथ ग्रहण भोलि

नेपालखोज २०७६ फागुन २० गते १०:४०

काठमाडौँ । राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल मंगलबार आज सकिँदैछ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरुे आज अन्तिम बैठकमा सहभागी हुँदैछन् ।

Advertisement

विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल आजदेखि सकिन लागेको हो । आज कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन् ।

त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन् । रिक्त हुने १९ सदस्यको ठाउँमा बुधबार भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ ।

गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले भोलि बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

भोलि सपथ लिने सांसदहरुमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन् । त्यस्तै एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन् ।

प्रतिक्रिया