शनिबार, फागुन ३, २०८१

प्रधानमन्त्री ओलीको भोलि ९ बजे मिर्गाैला प्रत्यारोपण गरिने

नेपालखोज २०७६ फागुन २० गते १७:४८

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलामा प्रत्यारोपण गरिने भएको छ ।

Advertisement

त्यसको अघिल्लो दिन आज मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच गरिएको छ। ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुलाई बताए ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।
प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

प्रतिक्रिया