बिहीबार, माघ २४, २०८१

अख्तियारद्वारा भ्रष्टाचारमा मुछिएका पूर्व डिआईजी शाहविरुद्ध मुद्दा दायर

नेपालखोज २०७६ फागुन २० गते १८:५१

काठमाण्डौ । भ्रष्टाचारमा मुछिएका नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह विरुद्ध अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

२०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो। मंगलबार शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अख्तियारले उनीसँग पटक पटक बयान लिइसकेको छ।

शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन्। शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो।

डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

उनीहरुले तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया