सोमबार, माघ २८, २०८१

लागूऔषधसहित दुई पक्राउ

नेपालखोज २०७६ फागुन २० गते १९:१४

काठमाण्डौ । प्रहरीले २५ किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई मलेखुबाट पक्राउ गरेको छ । बेनिघाटरोराङ गाउँपालिका–३ मलेखुमा प्रहरीले जाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र ल्याएको चरेससहित दुईजना पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का २८ वर्षीय सन्चबहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । लागूऔषध चरेस बोक्न प्रयोग भएको बा४८प ९२२५ नंको मोटरसाइकलसहित प्रहरीले बरामद गरी जिल्ला अदालतमा पेश गरेको छ ।

प्रहरीले मोटरसाइकल जाँच गर्दा जेब्राझोलाभित्र हालेर सानासाना चारपाटे आकारमा प्लास्टिकले बेरेर बिक्री गर्न लैजाँदै गर्दा सो सामग्री भेटेको थियो । यसैगरी प्रहरीले फरार प्रतिवादी सिद्धलेक गाउँपालिका–४ का ५० वर्षीय शिवप्रसाद अर्याललाई बुङचुङबाट पक्राउ गरेको छ ।

जिल्ला अदालतले २०७० साल पुस २३ गतेको फैसलाबमोजिम अर्याललाई लागूऔषध चरेस मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोही फैसलाका आधारमा हिजो पक्राउ परेका अर्याललाई आज जिल्ला अदालतको आदेशबमोजिम जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए ।

प्रतिक्रिया