सिजनमै घट्यो सिमेन्ट र डन्डीको खपत
काठमाडाैं । पूर्वाधार निर्माणका सामग्रीहरु बढी खपत हुने समय भनेर मंसिरदेखि बैशाखलाई मानिन्छ । तर, यही समयमा सिमेन्ट र फलामे छडका् खपतमा भने गतवर्षको भन्दा झण्डै दोब्बरले कमी आएको सिमेन्ट तथा छड उत्पादक बताउँछन् । यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र २ महिनादेखि चीनको हुबेई प्रान्तको ऊहान शहरबाट फैलिएको नोबल कोरोना (कोभिड–१९) भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरु बताउँछन् ।
गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको थियो । तर, चालू आर्थिक वर्ष २०७६-७७ को यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरु बताउँछन् । पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरुको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ । यो खबर आजको आर्थिक अभियानमा छ ।
प्रतिक्रिया