प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज ९ बजे, को कोछन् चिकित्सक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो मिर्गौला प्रत्यारोपण आज विहान ९ बजे हुने भएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार नै विज्ञप्तिमा जारी गर्नुहुँदै प्रत्यारोपण तयारी पूरा भएको बताएका छन् । प्रत्यारोपणका लागि मंगलबार नै आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ ।
युरोलोजिस्ट डा. उत्तम शर्मा, डा.प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।
प्रतिक्रिया