सोमबार, माघ २८, २०८१

आज काठमाण्डौँमा तरकारीको मुल्य सामन्य घटबढ

नेपालखोज २०७६ फागुन २१ गते ७:३१

काठमाडौँ । आज बुधवार काठमाण्डौमा तरकारीको मुल्य अन्य दिन जस्तै सामान्य रुपमा घटबढ भएको छ ।

Advertisement

कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा उच्च स्थानमा सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५०, लसुन ३३०, गुन्दुक ३३० पुदिना ३२० मा किनबेच भइरहेको कालीमाटी तरकारी तथा फलफुल बजारले जनाएको छ ।

त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १०० लसुन हरियो १५० हरियो धनिया प्रतिकिलो ७० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १५० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया