विश्वभर कोरोना कहर : इटाली, इरान र दक्षिण कोरिया बढी प्रभावित, मृत्यु हुनेको संख्या ३१६८ पुघ्यो
नेपालखोज
२०७६ फागुन २१ गते ७:४२
एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ३१६८ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार संक्रमितहरुको संख्या ९३ हजार नाघेको छ ।
८० देशमा फैलिएको यो भाइरसले पछिल्लो समय चीनभन्दा पनि विश्वका अन्य देशहरुमा कहर मच्चाइरहेको छ । चीनमा विस्तारै यो भाइरसमाथि नियन्त्रण लिने प्रयास सफल हुँदै आएको बताइएको छ । चीनमा कोरोना भाइरसका कारण मर्नेहरुको संख्या २९४५ पुगेको छ भने संक्रमितहरुको संख्या ८० हजार १५२ रहेको छ ।
तर, इटाली, इरान र दक्षिण कोरियामा यो भाइरस तीब्र रुपमा फैलिएको छ । इटालीमा हालसम्म ७९ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण कोरियामा संक्रमितहरुको संख्या पाँच हजार नाघेको छ । त्यस्तै इटालीमा २५५२ र इरानमा २३३२ जना संक्रमित फेला परेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया