बिहीबार, माघ २४, २०८१

पहाडी भेगको एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने संभावना

नेपालखोज २०७६ फागुन २१ गते ८:०८

काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार पहाडी भेगको एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको छ ।

Advertisement

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

पश्चिमी वायु अझै फैलिने भएकाले बिहीबार भोली आजको भन्दा धेरै पानी पर्ने महाशाखाको अनुमान छ । प्रि–मनसुन सुरु भैसकेकाले बिहान मौसम खुले पनि दिउँसो पछि हुरीबतास चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु स्वभाविक हुने पनि उनको भनाइ छ ।

प्रतिक्रिया