शुक्रबार, चैत १६, २०८०

इस्टर्न रिजन टि–ट्वान्टीमा नेपाल थाइल्यान्डविरुद्ध बलिङ गर्दै

नेपालखोज २०७६ फागुन २१ गते ८:२५

काठमाडौं । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले अहिले आयोजक थाइल्यान्डसँग खेल्दैछ । थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

थाइल्यान्डले नेपालविरुद्ध केही बेलमा ब्याटिङ थाल्नेछ । थाइल्यान्ड हङकङ र मलेसियासँग समान आठ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै बाहिरिइसकेको छ ।

मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले दुबै खेलमा विशाल जित निकाल्नु पर्ने छ । नेपालको एसिया कप छनोटमा पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । नेपालले थाइल्यान्डमाथि फराकिलो जित निकाल्नैपर्छ ।

साथै अन्य टोलीको नतिजाले नेपाल एसिया कप छनोटमा पुग्ने नपुग्ने टुङ्गो लाग्ने छ ।

प्रतिक्रिया